नेपालको १ नं. प्रदेश अन्तर्गत रहेको संखुवासभा जिल्लाको ८ कोष पुर्वमा यस गाउँपालिका रहेको छ । यस गाउँपालिकामा विभिन्न किसिमका प्राकृतिक सम्पदाहरु रहेका छन्, जसमा विभिन्न खानिहरु विभिन्न धार्मिक तिर्थस्थलहरु (सभापोखरी तिर्थस्थल, बन्दुके तिर्थस्थल, गोरुजुरे हिमाल, रानीढुङ्गा लामालमिनि गुफा, महादेव थान जस्ता महत्वपुर्ण धार्मिक स्थलहरु रहेका छन् । यस गाउँपालिका भित्र विभिन्न खानीहरु क्वार्ज खानी, तामाखानी, कुरिङ खानी, तुर्मालिङ खानी, जस्ता खानीहरु रहेका छन्। यस गाउँपालिका भित्र विभिन्न नदिनालाहरु सभाखोला, लंखुवाखोला, धुपूखोला, भोटीखोला, याक्सुवाखोला, ठगुवाखोला, आदि रहेका छन्। यि नदिनालाको आफ्नै महत्व र विषेशताहरु रहेका छन्। यि खोलाहरुबाट यस क्षेत्रलाई धान्न सक्ने विध्युत उत्पादन गर्न सकिने छ।