FAQs Complain Problems

सामाचार

घर भाडामा लिने बारे १५ दिने सार्वजनिक सूचना

घर भाडामा लिने सार्वजनिक सूचना

यस गाँउपालिकाको लागि तपशिल बमोजिमको सुविधा सम्पन्न  घर भाडामा लिनु पर्ने भएको हुदा यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र घर भाडामा दिन इच्छुक घरधनीहरुले नेपाली नागरीकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि यदि घरको नक्सा पास भएको भए सो को प्रमाण राखि यस कार्यालयमा कार्यालय समयमा रु १० को टिकट टाँसी गोप्य शिलबन्दी निवेदन पेश गर्न हुन जानकारी गराइन्छ ।

तपशिलः

 १) घर कम्तिमा ५ देखि ७ कोठासम्मको वा पार्टेशन गर्दा त्यति कोठा हुनु पर्ने छ ।

 २) विद्युत, खानेपानी र बाथरुम तथा शौचालयकोे राम्रो व्यवस्था भएको हुनु पर्ने छ ।

 ३) घरसम्म कम्तिमा मोटरसाइकल जाने बाटो हुनु पर्ने अझ गाडी बाटो भए राम्रो  । 

 ४) घरको वाल कम्तिमा ढुंगा माटोले वनेको र त्यसमा सिमेन्ट प्लाष्टर गरेको हुनु पर्ने छ साथै पक्कि घर भए अझ राम्रो हुनेछ  ।

 ५) मासिक भाडा दर प्रष्टसग अंक र अक्षरमा लेख्नु पर्ने छ ।

 ६) घर लंखुवा खोला पूर्व, सभापोखरी वोर्डिङ स्कुल पश्चिम तथा गाउँपालिकाको आवास गृह (सात विसे) भन्दा दक्षिण यति भित्र हुनु पर्ने छ ।

 ७) अन्य कुरा प्रचलित कानून वमोजिम हुनेछ ।

 

 

                                                      प्रमुख प्रशासकीय अधिकृत

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: